रास्वपा सचिवालय बैठक जारी, महाधिवेशन एजेन्डा तय हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ ।
बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ ।
महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












