उज्बेकिस्तानमाथि कोलम्बियाको सहज जित
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा रहेको कोलम्बियाले उज्बेकिस्तानमाथि सहज जित दर्ता गरेको छ ।
नेपाली समयअनुसार बिहीबार बिहान मेक्सिको सिटी रंगशालामा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।
डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन ।
उज्बेकिस्तानले ६०औँ मिनेटमा गोल फर्काएको थियो । उक्त समयमा उज्बेकिस्तानका लागि अबोस्बेक फैजुल्लाएभ गोल गरेका थिए ।
तर, त्यसपछि पनि कोलम्बियाले २ गोल थप गर्दै खेलको नजिता आफ्नो पक्षमा ल्यायो । कोलम्बियाका लुइस डियाजले ६५ तथा जामिन्टन क्याम्पाज इन्जुरी समयमा गोल गरे ।
यो जितसँगै कोलम्बिया समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि बुधबार राति भएको खेलमा पोर्चुगल र डीआर कंगोले बराबरी खेल्दै अंक बाँडेका थिए ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












