कति पुग्याे सुनकाे मूल्य ?


 


काठमाडाैं, साउन १६

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेकोमा आज ५९ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य ९ सय १० बाट बढेर ९ सय १५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १६ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्