सिन्धुपाल्चोक बस दुर्घटना : चालकले भनेका थिए, ‘ब्रेक फेल भइसक्यो ज्यान बचाउनुहोस्’


 


काठमाडौं, असोज २५
सिन्धुपाल्चोकको इन्द्रावतीमा शुक्रबार विहान बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सय जना घाइते भए । भोटसिपाबाट विहान काठमाडौंका लागि हिडेको बा २ ख २७१५ नम्बरको बस क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ ।

३४ सिट क्षमताको बसमा १ सय ११ जना यात्रु सवार थिए । लोड बढी भएपछि भार धान्न नसक्दा टायरको हावा फुस्किएको थियो । जसले गर्दा ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनले बताए ।

दुर्घटनामा बाँच्न सफल भएका यात्रुकाअनुसा बसको ब्रेक फेल भइसकेपछि बसका चालक केदार श्रेष्ठले बसको ब्रेक फेल भइसकाले हाम फालेर ज्यान बचाउन भनेका थिए । तर, उनी आफै बचेनन् । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्