पेट्राेलियम पदार्थकाे मूल्य घट्याे



काठमाडाैं, साउन १८

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News