चिनियाँ राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण पाँच प्रतिबद्धता, नेपालको सपना साकार हुने


 



काठमाडौं, असोज २६
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘भूजडित’ मुलुक बन्ने सपना साकार पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपाललाई ‘भूपरिवेष्टित मुलुक’बाट ‘भूजडित’ मुलुक बनाउन नेपाललाई सहयोग गर्ने महत्वपूर्ण पाँचवटा प्रतिबद्धता जनाएका हुन् । कान्तिपुरमा खबर छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका सीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा यस्तो प्रतिबद्धता जनाएका हुन् । यस्ता छन् राष्ट्रपति सीले जनाएका प्रतिबद्धता :

१. बहुप्रक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ सहयोग गर्ने ।
२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्ने ।
३. केरुङ काठमाडौं सुरुङमार्गको परियोजनालाई अघि बढाउन सक्रिय हुने ।
४. अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्ने ।
५. साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहने ।

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्