नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो, यस्तो छ विश्व बैंकको प्रक्षेपण


 



काठमाडौं, असोज २७
नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो स्थानमा रहेको एक प्रक्षेपणले देखाएको छ ।

विश्व बैंकले सन २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गोरखापत्रमा खबर छ ।

बैंकले हालै दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’ मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धि सकारात्मक रहने उल्लेख गरेको छ ।

यस्तो वृद्धिदरमा बंगलादेश पहिलो स्थानमा छ । वंगलादेशको यस वर्षको वृद्धिदर ८ं१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

नेपालपछि भारतको वृद्धिदर ६ प्रतिशत पुग्नेछ । त्यसपछि क्रमशः माल्दिभ्स, भुटान, पाकिस्तान, श्रीलंका छन् । सबैभन्दा कम अफगानिस्तानको २.५ वृद्धिर रहेने बैंकको प्रक्षेपण छ ।

बैकले आगामी वर्षमा भने आर्थिक वृद्धिदर घट्ने जनाएको छ । विकास निर्माणका कामले आर्थिक वृद्धिदरमा बल पुगेकोसमेत विश्वबैंकले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्