महराको सांसद पद अझै यथावत, हिसासतमा पनि माननीयकै हैसियतमा


 



काठमाडौंं, असोज २८
पार्टीले कारबाही नगर्दा बलात्कार बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत नै रहेको छ ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि माननीयकै हैसियतमा बसेका छन् । कान्तिपुरमा खबर छ ।

मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारणले मात्रै सांसद पद निलम्बन हुँदैन । संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि पार्टीले महरालाई सांसद र सभामुख दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

तर, उनले सभामुखबाट मात्रै राजीनामा दिए । तर, उनीविरुद्ध पार्टीले कुनै कारबाही गरेको छैन ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्