काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै


 



काठमाडौं, असोज २८
बहुप्रतीक्षित काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले नै गर्ने भएको छ ।

रेलमार्गको सम्भाव्यता अध्ययन आफै गर्न चीन सरकार सहमत भएको रेलवे विभागले जनाएको छ । अन्नपूर्णमा खबर छ ।

चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजन ईन्जिनियर अमन चित्रकारले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन अन्तरदेशीय रेलमार्ग परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो । उक्त रेलमार्गको चीनकै सहयोगमा पूर्वसमभाव्यता अध्ययन भइसकेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्