नेपालमा कहाँ–कहाँ कति बन्दैछन् सुरुङमार्ग ? हेर्नुहोस् विवरणसहित


 


काठमाडौं, असोज २८
नेपालका विभिन्न ठाउँमा सुरुङ मार्ग बनाइने भएको छ । जसका कतिपय ठाउँमा सम्भाव्यता अध्ययनको कामसमेत सुरु भइसकेको छ ।

सुरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष मात्रै १३ वटा सुरुङमार्ग अन्डरपासको लागि सम्भाव्यता अध्ययन गर्ने भउको छ । जसमध्ये आठ वटा सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । कान्तिपुरमा खबर छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुमार्गको अध्ययन गर्ने उल्लेख गरिएको छ ।

प्रस्तावित सुरुङ मार्गहरुमा बुटवल–शिद्धबाबा, टोखा–छहरे–गुर्जे भन्ज्याङ, कोटेश्वर–जडीबुटी, खुर्कोट–चियाबारी (सिन्धुली) खुटिया–बीपीनगर–दिपायल खण्ड, थानकोट–चित्ला, गोदावरी–ललितपुर–मानचौर (काभ्रे), नयाँ बानेश्वरमा अण्डरपास रहेका छन् ।

यस्तै, कुलेखानी–भीमफेदी, हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक) दोलखाको लामाबजार, बुटवल–नारायणगढको दाउन्ने खण्ड र बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी) मा सुरुङमार्ग बनाउन अध्ययन भइरहेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्