पशुपतिमा फेला पर्यो ४५ किलो सुन


 



काठमाडौं, असोज २९
पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य सार्वजनिक भएको छ ।

५६ वर्षको अवधिमा मन्दिरमा ९ किलो मात्रै सुन भएको यसअघि पशुपति क्षेत्र विकास कोषले तयार पारेको प्रतिवेदनले देखाएको थियो । तर, हालसम्म ९ किलो मात्रै सुन रहेको भन्दै समाचार पनि प्रकाशित भएका थिए ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत गठित पशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठी जस्ता अध्ययन एवं छानविन समितिले पुन: खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्