उपचारको बाहानामा गुम्बामा लगेर यौन शोषण, लामालाई तोकियो सजाय


 



काठमाडौं, असोज ३०
उपचारको बाहानामा गुम्बामा लिएर युवतीलाई यौन शोषण गर्ने एक लामा सजायको भागिदार बनेका छन् ।

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक जना लामालाई साित वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । कान्तिपरमा खबर छ ।

अदालतले दक्षिणकाली, चान्नखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोटे छोल्टिम दोर्जे योन्दान योञ्जन टुल्कु भनिने ज्ञानबहादुर लामालाई सजाय तोकेको हो ।

उनले युवतीहरुलाई डर, त्रास, धाक देखाई करकापमा झुक्यानमा पारेर एवं शरीर बनदक राखी करणी गरेको ठहर गरेको छ ।

निदोश ठहर गर्ने जिल्ला अदालतको फैसलालाई पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवर र रमेश बहादुर थापाको इजलासले ‘धर्मगुरु’सहित उनकी सहयोगीलाई साइबर अपराधमासमेत दोषी ठहर गरेको छ ।

लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थामा फोटोहरु फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्