यसरी देशभर बढ्दैछ सेटिङमा मृर्गौलाको व्यापार, अस्पतालकै पनि मिलेमता


 



काठमाडौं, कार्तिक १
देशको संघीय राजधानी काठमाडौंमा मात्रै होइन देशैभर सेटिङमा मृर्गौलाको व्यापार बढ्न थालेको छ ।

मानव शरीरको महत्वपूर्ण अंग मृर्गौलाको पनि सेटिङमा व्यापार बढ्न थालेको हो । राजधानीमा खबर छ ।

दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मृर्गौला देशमा मात्र्रे होइन भारतमा पनि अबैधानिक रुपमा विक्री वितरण भइरहेको छ । केही दिन अघि मात्रै अस्पताल सञ्चालक, चिकित्सकसहितकै मिलेमतोमा मृर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भयो ।

स्रोतकाअनुार काँकडभिट्टा–पानीटंकी, बीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली ओसािरपसारका साझा विन्दु हुन् । दलालहरुले मुख्यतः कमजोर आर्थिक स्थिति भएहरुलाई मृर्गौला बेच्नका लागि तयार पार्छन् ।

विश्व स्वास्थय संगठनकाअनुसार पाँचदेखि १० प्रतिशतसम्म सबै लाखको मृर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।

बिचौलियाहरुले मृर्गौला प्रत्यारोपण गर्न चाहनेहरुलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ ।

तर, प्रत्यारोपण गरिसकेपछि भने पीडितलाई २० देखि ३० हजार रुपैयाँमा मात्रै उपलब्ध गराउने गरेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्