१ सय १४ रोपनी हडप्नेमाथिको अनुसन्धान अझै सकिएन, पटक–पटक म्याद थपिदै


 



काठमाडौं, कार्तिक १
बालुवाटारस्थित १ सय १४ रोपनी हडप्नेमाथिको अनुसन्धान अझै सकिएको छैन ।

ललित निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन अझै बनेको छैन । कान्तिपुरमा खबर छ ।

तीन प्रवेदन बुझाउन प्रहरीको छानविन समिति बनाएको भएपनि पटक–पटक म्याद थप्ने काम मात्रै भएको हो । दुई पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि सरकारले विहीबार फेरि तेस्रो पटक म्याद थपेको छ ।

२०७५ साउन २८ गतेको मन्त्रिपरिषद बैठकले ललिता निवासले चर्चेको जमिन हडप्नेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्ुरो (सीआईबी)लाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्