‘१२ वर्षदेखि सर्वोच्च अदालत धाउँदैछु, आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’


 



रौतहट, कार्तिक २
१२ वर्षअघि रौतहटको राजापुरमा भएको बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायणले अहिलेसम्म उनको किरिया गरेका छैनन् ।

अनौपचारिक रुपमा बमकाण्डमा छोरा मारिएको भन्ने थाहा पाएपनि लास नदेखेको भन्दै उनले काजकिरिया नगरेको बताए । नागरिकमा खबर छ ।

उनी न्याय नपाएसम्म काजकिरिया नगर्ने अडानमा छन् । आँखाभरी आँसु पार्दै उनले भने, ‘छोरा मारेको हो भने मैले न्याय पाउनुपर्छ, जिउँदैछ भने देखाइदिनुपर्छ ।’

१२ वर्षदेखि न्यायका लागि सर्वोच्च अदालत धाइरहेको भन्दै उनले अब आरोपी पक्राउ परेको भन्दै उनलाई कारबाही भएमात्रै छोराको किरिया गर्ने बताए । आलप पक्राउ परिसकेकाले आफूले न्याय पाउने आशासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्