विपक्षी दलका नेताको घृणित चलखेल, बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन फर्जी कागज


 



काठमाडौं, कार्तिक ३
प्रदेश नम्बर ५ का प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्माले आफ्नै बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन ठूलै चलखेल गरेका छन् ।

उनले आफ्नै बुहारी राहेल पोखरेललाई आयोगको सदस्य बनाउन फर्जी कागजात पेश गरेको खुलासा भएको छ । राजधानीमा खबर छ ।

उनको यो कार्यले आयोग गठन प्रक्रिया नै विवादित बनेको छ । उनले आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरित बुहारीलाई बलपुर्वक नियुक्ति दिलाएको स्रोतले जनाएको छ ।

लोकसेवा जस्तो संस्थामा फर्जी कागजातले नियुक्ति दिन खोज्नुले आयोग भर्ती केन्द्र बन्ने हो कि भन्ने खतरा बढेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा हुने लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका हैसियतले शर्मा आफैपनि सदस्य छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्