प्रहरीको हातमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, भेटियो यस्तो रहस्य


 



काठमाडौं, कार्तिक ४
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाको राजनीतिक दस्तावेज नेपाल प्रहरीको हातमा पुगेको छ ।

दस्तावेजअनुसार विप्लव समूहले सैन्य संरंचना बनाइरहेको फेला परेको छ । अन्नपूर्णमा खबर छ ।

दस्तावेजमा गरिएको निर्णयअनुसार पार्टीलाई बलियो बनाउनका लागि र प्रतिरक्षाका लागि सैन्य संरचना बनाउने निर्णय गरिएको छ । त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको प्रहरीले फेला पारेको छ ।

दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम सिंहले दस्तावेजअनुसार विप्लव समूहले प्लाटुनसम्मको सैन्य संरचना बनाउने खाका बनाइएको छ । दुई दिनअघि राजापुरबाट पक्राउ परेका विप्लवका नेताहरुबाट यो राजनीतिक दस्तावेज फेला परेको उनले बताए ।

उनकाअनुसार सैन्य संरचनाका लागि सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने बुझिएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्