ऋण दिन्छु भन्दै गेष्टहाउसमा बोलाएर बलात्कार, सार्वजनिक भएपछि पैसामा मिलाउने प्रयास


 



बिराटनगर, कार्तिक ४
नेपाल बंगलादेशि बैंकको मोरङ कर्सियाका शाखा प्रबन्धक अमित बास्तोलाले ऋण दिन्छु भन्दै एक युवतीलाई बलात्कार गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले ६ महिनाअघि ऋणको प्रलोभनमा गेष्टहाउसमा लिएर युवतीलाई बलात्कार गरेको रहस्य बाहिरिएको हो । अन्नपूर्णैमा खबर छ ।

उनले चैत्र २२ गते रंगेली नगरपालिकाको वडा नम्बर ७ स्थित मेरिना होटल र चैत्र २६ गते इटहरीमा रहेको गेष्टहाउसमा बलात्कार गरेका खुलेको छ । उनले ऋणको प्रक्रिया मिलाउने वाहानामा युवतीलाई बलात्कार गरेका थिए ।

आफू बलात्कार भएपछि युवतीले त्यतिबेला नै प्रहरीमा उजुरी दिएपनि दर्ता भएन । प्रहरीले उनको उजुरी दर्ता नै गरेन । घटनाको दुई महिनापछि मात्रै प्रहरी महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले उजुरी दर्ता गरेको थियो ।

त्यसपछि जेठ २५ गते नै पक्राउ परेका बास्तोला साउन १३ गते जेल चलान भए । तर, अहिले मुद्दा पैसामा मिलाउने चलखेल सुरु भएको छ ।

बास्तोलाका परिवारका सदस्य तथा साथीभाईहरुले बलात्कार घटना अस्वीकार गर्न दवाव दिँदै चार लाख ५० हजार रुपैयाँमा मिलापत्र गर्न पीडित पक्षलाई दवाव दिँदै आएका छन् । आफूमाथि दबाव आएपछि पीडित युवती तनाबमा छिन् ।

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्