बालविवाह रोक्ने अभियानकी संयोजकले नै गरिन् बालविवाह, कारक बन्यो हातहातमा दिइएको मोबाइल




बैतडी, कार्तिक ४
बैतडीको पुरचौडी नगरपालिकामा बालविवाह रोक्ने अभियानकी संयोजकले नै बालविवाह गरेकी छन् ।

बालविवाह रोक्न घरघरमा हरियो झण्डा गाड्दै हिड्ने अभियानकी संयोजक १६ वर्षीया युवतीले प्रेम सम्बधका कारण बालविवाह गरेकी हुन् । गोरखापत्रमा खबर छ ।

अरुलाई २० वर्ष नपुग्दै विवाह गर्नु हुन्न भनेर सिकाउने युवतीले संयोजकबाट राजीनामा दिएर विवाह गरेको खुलेको छ । उनले २२ वर्षीया युवकसंग विवाह गरेको बाइएको छ ।

परचौडीमा बालविवाह रोक्ने अभियान सञ्चालन भइरहेको छ । अहिलेसम्म एक सय भन्दा बढी घरमा हरियो झण्डा गाडिएको छ ।

गाउँगाउँमा बालविवाह हुन लागेको सूचना पाए फोन गरेर प्रहरी र अन्य सम्बन्धित निकायलाई खबर गर्न भनेर किशोरीहरुको हातहातमा मोबाइल दिइएको छ । तर, त्यही मोबाइलकै कारण उनीहरु प्रेममा फस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News