सरकारसंग बार्ता गर्न विप्लव समूहले अघि सार्यो यस्ता दुई शर्त


 



काठमाडौं, कार्तिक ५
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सरकारसंग वार्ता गर्न दुई शर्त अघि सारेको छ ।

विप्लव समूहले वार्ताका लागि आफूमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र पक्राउ गरिएका नेता कार्यकर्ता निःशर्त रिहा गर्नुपर्ने शर्त राखेको हो । कान्तिपुरमा खबर छ ।

गत असोजमा सम्पन्न समूहको आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर, सरकारको वार्ताको कुरा विश्वास गर्न लायक नभएकोसमेत निष्कर्ष पनि निकालेको छ ।

उसले सरकारले पाड्यन्त्रपूर्वक वार्ताको हतियार प्रयोग गर्न खोजिरहेको समूहको निश्कर्ष छ ।

’ईमान्दारीपूर्वक गिरफ्तार कमरेडहरुलाई छोडेर निःशर्त आएमा सकारात्मक रुपले सोच्न सकिन्छ’ चन्द समूहले उल्लेख गरेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्