यस वर्ष राहदानी बनाउने पाँच गुणाले बढे, यस्तो छ कारण


 



काठमाडौं, कार्तिक ५
यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ ।

बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस वर्ष राहदानी बनाउनेहरुको संख्या अत्यधिक बढेको हो । कान्तिपुरमा खबर छ ।

यस वर्ष डीभी भर्दा राहदानी पनि अनिवार्य गरेको छ । डीभीका लागि आवेदन खुल्नासाथ राहदानी बनाउनका लागि मानिसहरुको काठमाडौंमा भीड लागेको छ ।

अन्यबेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहने गरेकोमा पछिल्लो दिन झण्डै चार हजार जनाले आवेदन भरिरहेका छन् ।

यसमा एक तिहाई १५ हजार शुल्क तिरेर एकै दिनमा राहदानी लिनेको संखया छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्