पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक ! सिआईबीको टोलीले भेट्यो प्रमाण


 


काठमाडौं, कार्तिक ५
नेपालका पूर्वगृहराज्यमन्त्री तथा वहालवाला देबेन्द्रराज कँडेल सांसद भारतीय नागरिक भएको आरोप लागेको छ । उनले उत्तरप्रदेश महाराजगञ्ज ठुठीबारीस्थित

राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएपछि आफू भारतकै गोरखपुर निवासी भएको प्रमाण जुटाएर सपथ आएका छन् । नयाँ पत्रिकामा खबर छ ।

उनले स्थानीय पूर्वप्रधान राजश सिंहलाई हराएर कलेजको अध्यक्ष निर्वाचित भएका छन् । उनी भारतीय नागरिक भएको पनि खुलेको छ । उनले भारतीय नागरिककै रुपमा सपथ पनि लिएका छन् ।

यस विषयमा अख्तियार दुरुपयोग आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान सुरु गरेको छ ।

उनी सन २०१६ पनि त्यो कलेजको चुनावमा उम्मेद्वार बनेका थिए । तर, त्यो बेला उनी असफल भएका थिए । यस पटक निर्वाचित भएपछि हिन्दी भाषामा सपथ खाँदै आफू भारतको कसाया रोड बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको उल्लेख गरेका छन् ।

उनले आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भाग्नसमेत तयार रहेको सपथमा भनेका छन् ।

सिआइबीको टोलीले गोरखपुरमा पुगेर अनुसन्धान गरेर फर्किसकेकोसमेत छ । त्यसक्रममा उनी भारतीय नागरिक नै भएको खुलेको टोलीले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्