यही ट्याक्टर हो, जसमा आलमले घाइतेलाई इटाभट्टा पुर्याएका थिए


 



काठमाडौं, कार्तिक ७
निर्वाचनमा बुथ कब्जा गर्न बम बनाउन लागेका बेला मारिएका तथा घाइतेहरुलाई इटा भट्टामा लैजान प्रयोग गरिएको ट्याक्टर प्रहरीले बरामद गरेको छ ।

शव लैजान प्रयोग गरिएको ट्याक्टर अफताव आलमकै भाई मो. महताव आलमको भएको प्रहरीले जनाएको छ । अन्नपूर्णमा खबर छ ।

आलम आफै निर्वाचनमा उम्मेद्वार रहेका बेला बुथ कब्जा गर्न उनले भारत तथा स्थानीयहरुलाई नै प्रयोग गरेर आफ्नै काकाको घरमा बम बनाउन लगाएका थिए ।

बम विस्फोट भएपछि केही मारिएका तथा घाइतेहरुलाई ना १ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर इटाभट्टामा लथिएको थियो ।

त्यहाँ लगेर जलाइको आरोप आलममाथि छ । सोही आरोमा अहिले उनी पक्राउ परेका छन् । प्रमाण मेटाउन उनले सो ट्याक्टर आलमका भाई महतावले २०६७ असारमै बेचेका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्