तत्कालिन माओबादीले स्थापना गरेको ‘लेलिन बजार’: सार्वजनिक जग्गामा मनपरी


 


काठमाडौं, कार्तिक ८
तत्कालिन माओबादीले कालिकोटको रास्कोट नगरको केन्द्रस्थित सार्वजनिक जग्गा कब्जा गरि बनाएको ‘लेलिन बजार’ स्थानान्तरण गर्ने योजना बनाएपनि जग्गा कब्जा गर्नेक्रम बढेको छ ।

द्वन्द्वकालमा माओबादीले बजारीकरणका लागि स्थापना गरेको ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गरेको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गर्न थालेका छन् । गोरखापत्रमा खबर छ ।

सार्वजनिक जग्गा भन्दै स्थानीय केही व्यक्तिहरुले मनपरी ढंगले जग्गा कबजा गर्दै संरचना बनाउन थालेका हुन् ।
स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन आदेश गरेपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्