कानून व्यवसायीलाई भ्रष्टाचार अभियोग, आठ जना निलम्बित


 



काठमाडौं, कार्तिक ८
भ्रष्टाचार अभियोग लागेका आठ जना अभियुक्त निलम्बनमा परेका छन् । नेपाल कानून परिषदले भ्रष्टाचार अभियोग लागेका कानून व्यवसायीलाई निलम्बन गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

अख्तियारले उनीहरुमाथि विभिन्न समयमा विशेष अदालतमा भ्रष्टाचार अभियोग लगाएको छ । निलम्बनमा पर्नेमा अधिवक्ता सुरेन्द्र कोेइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनाल रहेका छन् ।

पक्राउ परेका अधिवक्ताहरुमा विभिन्न आरोपहरु लागेका छन् । उहाँहरुविरुद्ध २०७६ जेठ १३ गते विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्