यस्तो छ स्मार्ट लाइसेन्सको अवस्था, प्रिन्ट नै बन्द


 


काठमाडौं, कार्तिक ९
सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मास प्रिन्टर नै बन्द भएको छ । जसले गर्दा अहिले काम नै ठप्प भएको छ । मागअनुसार सवारी लाइसेन्स वितरण गर्न प्रिन्टर ल्याइएपनि बन्द हुँदा काम हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।

यातायात व्यवस्था विभागले तीन महिनाअघि नै सो प्रिन्टर ल्याएपनि सञ्चालन गर्न नसक्दा प्रिन्ट गर्न बाँकी लाइसेन्सको अवस्था छ लाख पुगिसकेको छ ।

विभागले ग्लोबर टेन्डर गरेर एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासपिन्टर ल्याएको हो । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाई गरिरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्