१२ वर्षकी बालिकाको पेटमा पाँच महिनाको गर्भ, अभिभावक र स्वास्थ्यकर्मी स्तब्ध


 


अछाम, कार्तिक ९
अछामको रामारोशन गाउँपालिकाकी एक १२ वर्षीया बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको छ । कुकुरले टोकेपछि अस्पतालमा उपचार गराउने ल्याएकी बालिकाको पेटमा गर्भ रहेको खुलेको हो । कान्तिपुरमा खबर छ ।

सुस्तमनस्थितिकी ति बालिकाको पेटमा गर्भ रहेको देखिएपछि अभिभाक र स्वास्थ्यकर्मी स्तब्ध बनेका छन् । रेबिजविरुद्ध गाउँमै तीन पटकसम्म पनि सुई लगाउँद सञ्चो नभएपछि बालिकाकालाई बयालपाटा अस्पतालामा ल्याइएको थियो ।

त्यसक्रममा बालिकाका बुवाले छोरीको पेट पनि सुनिएको भन्दै डाक्टरलाई चेक गर्न आग्रह गरेका थिए । डाक्टरले चेकजाँच गर्दा बालिका गर्भवती रहेको देखिएको हो ।

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्