महरामाथि दुई अभियोगमा मुद्दा चलाउन सकिने, प्रहरीले दियो यस्तो राय


 


काठमाडौं, कार्तिक ९
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार आरोपमा थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दुई अभियोगमा मुद्दा लगाउन सकिने राय प्रहरीले दिएको छ ।

महरामाथि जबरजस्ती करणी र एउटै कार्यालयकी कर्मचारीसंग करणी प्रयास गरेको अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिइएको हो । कान्तिपुरमा खबर छ ।

महानगरीय प्रहरी परिसरले अनुसन्धान प्ररा गरि शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझायउको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार प्रहरीको प्रतिवेदन प्राप्त भएको बताए । उनकाअनुसार तिहार विदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी विहीबार मात्रै प्रतिवेदन अध्ययन गरेर निर्णय लिइनेछ ।

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्