महाधिवेशन आउन लाग्दा देउवाको यस्तो रणनीति, पौडेल पक्ष रुष्ट


 


काठमाडौं, कार्तिक १०
काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल सकिन तीन महिना बाँकी रहँदा केन्द्रीय विभाग थप्ने योजना अगाडि सारेका छन् । उनले अहिले रहेको २८ वटा विभागबाट बढाएर ४५ पर्याउने योजना बनाएका छन् ।

महाधिवेशनको अन्तिममा देउवाले यो प्रस्ताव अघि सारेपछि देउवा पक्ष रुष्ट बनेको छ । कान्तिपुरमा खबर छ ।
देउवाले आगामी महाधिवेशनलाई लक्षित गर्दै १७ वटा विभाग थप गरेर नेताहरुलाई व्यवस्थापन गर्न खोजेको पौडेल पक्षको आरोप छ ।

यही विवादका कारण पार्टीको केन्द्रीय कार्यसमितिको बैठ पनि बस्न सकेको छैन । विहीबार पनि बैठक बस्न नसकेर स्थगित बनेको थियो ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्