सहकारी बैंकको ३० लाख रुपैयाँ चोरेर कर्मचारी नै फरार


 



काठमाडौं, कार्तिक १४
जनकपुरको बट्टेश्वर गाउँपालिका वडा नम्बर ५ बाट एक जना व्यक्ति स्थानीय महिलाले सहकारी बैंकमा जम्मा गरेको ३० लाख रुपैयाँ जम्मा गरेर फरार भएका छन् ।

बट्टेश्वरको शान्तिपुरमा स्थानीय २५ जना मस्लिम महिलाहरुले जम्मा गरेको ३० लाख रुपैयाँ निकालेर सहकारी बैंककै कर्मचारीले ३६ प्रतिशत व्याजमा भन्दै लिएर फरार भएपछि महिलाहरु कंगाल बनेका छन् । नागरिकमा खबर छ ।

पाँच वर्षदेखि जम्मा गर्न सुरु गरेको पैसा एकै पटक समूह बनाएर पैसा जम्मा गर्न लगाउने व्यक्तिले नै व्याजको नाममा पैसा लिएर भागेपछि महिलाहरु अहिले विचल्लीमा परेका छन् ।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंहले छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर विभिन्न पाँच वटा समूह बनाएर महिलाहरुलाई मासिक तीन सयका दरले पैसा जम्मा गर्न लगाएकी थिइन् । तर, अहिले उनै महिलाले आफैलाई व्याजमा लगाउन भनेर महिलाबाट पैसा लिएर फरार भएकी हुन् ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्