७.४ रिक्टर स्केलको भूकम्पकाे धक्का महशुस


 


वासिङटन, भदाै ४

दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो ।

यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्म प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु समूद्रसतहदेखि १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । रासस /एएफपी

प्रकाशित मिति: ४ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्