सुरु भयो दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको काम, बेसक्याम्प बनाएर बस्यो चिनियाँ प्राविधिकको टोली



काठमाडौं, कात्तिक १८
दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण गर्न सुरु गरिएको छ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको जिल्लाको श्रीस्थान, नाभीस्थानलगायतका ठाउँमा अन्वेषणका लागि चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको हो । गोरखापत्रमा खबर छ ।

प्राविधिक टोली अन्वेषण अवधिसम्मका लागि डुंगेश्वर गाउँपालिकामा–१ मा बेसक्याम्पसमेत बनाइसकेको छ । दुई देशबीच भएको सम्झौताअनुसार प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ ।

खानी तथा भू–गर्व विभागका भूगर्भविद गणेश त्रिपाठीकाअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News