प्रदेश प्रमुख चयन विवादः ‘पटक पटक चुनाव हारेका व्यक्ति मान्ने छैन’




काठमाडौं, कात्तिक १९
प्रदेश प्रमुख चयन विवादमा परेको छ । सत्तारुढ दल भित्रै प्रदेश प्रमुख चयन प्रक्रियामा असन्तुष्टि देखिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता माधव नेपालले आफूले प्रस्ताव गरेका व्यक्तिका नाममा छलफल नै नभएको भन्दै असन्तुष्ट छन् । कान्तिपुरमा खबर छ ।

‘सबै निर्णय प्रधानमन्त्री ओलीले भनेको मात्रै भइरहेकाले पार्टी एकलौटी भएको भयो,’ नेपालको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘क्षमतावान कमरेडहरु बाहिरै भए, पटक–पटक चुनाव हारेका व्यक्ति प्रदेश प्रमुख हुने, यो निर्णय मान्य छैन ।’

नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News