सुनको मूल्य स्थिर


 


काठमाडाैं, भदाै ५

विगत ४ दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा सुनको मूल्य स्थिर रहेको छ।

साउन ३२ गतेदेखि सुनमा यही मूल्य कायम रहे पनि चाँदीको भने भदौ १ देखि स्थिर रहेको छ।  प्रतितोला ८ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य उतारचढाव रहेको जनाउँदै महासंघले नेपालमा अहिले माग पनि न्यून रहेकाले मूल्य स्थिर रहेको जनाएको छ।

प्रकाशित मिति: ५ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्