नेपालमा दैनिक कति मोबाइल भित्रिन्छन् ? यसरी बढ्दैछ आयात



काठमाडौं, कात्तिक २०
नेपालमा दैनिक औषतमा १८ हजार थान मोबाइल भित्रिने गरेको तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको तीन महिनाको भन्सार विभागको तथ्यांकअनुसार नेपालमा दैनिक उक्त संख्यामा मोबाइल भित्रिएको पाइएको हो । गोरखापत्रमा खबर छ ।

विभागकाअनुसार असोजसम्ममा सात अर्ब १९ करोड रुपैयाँ बराबरका १६ लाख १३ हजार ७९५ थान मोबाइल आयात भएका छन् । गत आवमा मोबाइलको आयातमा केही कमी आएपनि यस वर्ष भने बढेको छ । गत वर्षको असोजसम्म २९ करोड रुपैयाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागकाअनुसार यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट आयात भएका छन् । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपैयाँको मोबाइल आयात भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News