पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति उदासिनता


 



काठमाडौं, कात्तिक २१
पर्वतारोहीप्रति नयाँ पुस्ता उदासिन देखिएको छ । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यामिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वताराहीप्रति नयाँ पुस्ता उदास देखिएको हो । नेपाल समाचार पत्रमा खबर छ ।

सो विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थी सर्वेक्षण गरिएको होृ । २७ जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा दुई जनाले मात्रै पर्वतारोहण गर्ने बताएका थिए । सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० र चार छात्रा सहभागी थिए । अन्य सहभागीहरुमा राई र तामाङ समुदायका थिए ।

सर्वेक्षणका क्रममा अर्को रमाइलो पक्षमा चार शेर्पा छात्रासहित सहभागी १० जना छात्रालाई तपाईँ कस्तो श्रीमान वा जीवनसाथी चाहनुहुन्छ भने गोप्य रुप्मा लेखेर दिन भनिएकोमा कसैले पनि म पर्वतारोही श्रीमान चाहन्छु भनेनन् । पाँच जनाले डाक्टर, तीन जनाले पत्रकार र दुई जनाले ईन्जिनियर श्रीमान भइदिए हुन्थ्यो भनेर लेखेका थिए ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्