नयाँ नक्साबारे बोल्यो भारत, गर्यो यस्तो दाबी


 



काठमाडौं, कात्तिक २२
भारतले जारी गरेको नयाँ नक्सामा नेपालसंगको सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नयाँ नक्सामा नेपाल संगको सीमा परमार्जन नगरको दाबी गरेका हुन् । गोरखापत्रमा खबर छ ।

विदेश मन्त्रालयमा विहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविशकुमारले यस्तो बताएका हुन् । उनले सो नक्सामा भारतको सार्वभोम भू–भाग मात्र समावेश गरिएको स्पष्ट पारेका हुन् । उनले भारत र नेपालले सीमा सम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिनेसमेत स्पष्ट पारे ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्