आलमले सबुद प्रमाण नष्ट हुने खतरा, इजलासमै उठ्यो यस्तो आवाज


 



काठमाडौं, कात्तिक २३
रौतहट काण्डका अभियुक्त पूर्वमन्त्री आफताव आलमलाई सफाई थुना मुक्त गरेर सबुद प्रमाण नष्ट हुने खतरा बढ्ने भन्दै उनलाई थुनामा राख्न माग गरिएको छ ।

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएरु मारेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्नुको विकल्प नरहेको सरकारी वकिल र कानून व्यवसायीहरुले माग गरेका हुन् । गोरखापत्रमा खबर छ ।

उनलाई थुनामुक्त गरे सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना रहेको भन्दै उनीहरुले रौतहट जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमै यस्तो आवाज उठाएका हुन् । उनीहरुले घटनासंग सम्बन्धित सबुद प्रमाण र साक्षीहरुको रक्षाका लागि आलमलाई थुनामुक्त गर्न न्यायाधीश समक्ष आग्रह गरे ।

पूर्वमहान्याधिवक्ता डा. युवराज संग्रौलाले ततलिन प्राप्त प्रमाणहरु प्रतिबादी आलमविरुद्ध रहेकाले मुद्दा पुर्पक्षका सिलसिलामा थुनामै राख्न अनुरोध गरे ।

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्