नेपाल–चीनबीच पनि छ सीमा विवाद, आधा दर्जन पिल्लर गायब


 


काठमाडौं, कात्तिक २३
भारतसंग मात्रै नभई नेपाल–चीनबीच पनि सीमा विवाद छ । चीनसंगको सीमा विवाद खासै बाहिर नआएपनि पहाडी र विकट हिमाली क्षेत्रमा चीनसंग पनि सीमा विवाद छ । अन्नपूर्णमा खबर छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले चीनसंग दुई ठाउँमा सीमा विवाद रहेको बताए । उनअनुसार सगरमाथाको उचाई र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा प्रमुख समस्या रहेको छ । त्यस्तै, अन्य आधा दर्जन सीमास्तम्भ गायव छन् । नेपाल र चीनसंग सीमाको लम्बाई एक हजार चार सय १४ किलोमिटर छ ।

पूर्व सिक्किमदेखि लिपुलेकसम्म ६९ वटा सीमास्तम्भ छन् । तीमध्ये सन २००५ मा भएको सुपरिवेक्षणमा ३७, ३८ र ६२ सीमा भेटिएका थिएनन् । ठूलो समस्याचाहिँ ५७ नम्बर स्तम्भमा छ । दोलखाको लामाबगर पूर्वपट्टीको कार्लाङपारीको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा भेटिएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्