नेपाली भूभाग मिचिएकोबारे जुट्यो राष्ट्रिय सहमति, प्रधानमन्त्री ओलीले प्रमाण जुटाउँदै


 


काठमाडौं, कात्तिक २४
कालापानी क्षेत्रमा भारतले नेपालको भूभाग मिचेको सम्बन्धमा सबै दलहरुबीच छलफल भएको छ ।

शनिबार प्रधानमन्त्री केपी ओलीको आह्वानमा बसेको सर्बपक्षीय बैठकमा सबै दलहरु भूमि रक्षाका लागि एकमत भएका हुन् । अन्नपूर्णमा खबर छ ।

दलहरुबीच उच्चस्तरीय कूटनीतिक पहलबाट आफ्नो भूभाग फर्काउन सरकारलाई आग्रह गरेका छन् । बैठकमा दलहरुका शीर्ष नेता, पूर्वप्रधानमन्त्री एवं कूटनीतिक विज्ञहरुले सीमा रक्षाका लागि कटिबद्ध भएर लाग्न सरकारलाई आग्रह गरे ।

सहमति र एकतालाई आधारमा बनाएर प्रभावकारी कूटनीीतक माध्यमबाट बार्ता अगाडि बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

उहाँकाअनुसार अब प्रधानमन्त्ती ओलीले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने प्रमाण र तथ्य संकलन गरेर भारतीय पक्षसंग वार्ता र सम्बाद गर्नेछन् । जसका लागि प्रधानमन्त्री ओली प्रमाण तथा तथ्य संकलन गर्ने कार्यमा जुटेका छन् ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्