काठमाडौं झन प्रदूषित हुँदै, विश्वका सातौं प्रदूषित सहरमा पर्यो


 



काठमाडौं, कात्तिक २४

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौं सातौं नम्बरमा परेको छ । यसअघि १० औं प्रदूषित नम्बरमा रहेको काठमाडौं झन प्रदूषित हुँदै सातौं नम्बरमा परेको हो । कान्तिपुरमा खबर छ ।

स्वीटजरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौं सानौं स्थानमा परेको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

यसअघि अन्य विशेषज्ञहरुले गरेको अध्ययनले काठमाडौं विश्वका १० औ प्रदूषित भित्र परेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

वायू प्रदूषणले स्वास्थ्यमा परेको असरबारे अध्ययन गरेका डा. खेमबहादुर कार्कीले चिसो बढेसंगै वायू प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्