टनकपुरको जग्गा पनि भारतीयकै कब्जामा, राणा सरकारसंग मागिएको थियो


 



काठमाडौं, कात्तिक २४
भारतले टनकपुरको जग्गा पनि कब्जामै राखेको पाइएको छ । टनकपुरमो बाँधको १४/५७ हेक्टर ९६३ एकड भूमि नेपाली भूमि भारतीय कब्जामै रहेको पाइएको अन्नपूर्णमा खबर छ ।

भारतले सन १९०८ मा विद्युत उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो । सन १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले भारतले नेपालको राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो ।

भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेवदसहित दोधारा चाँदनीका १२०९ हेक्टर जग्गा दिएको थियो । यसबारे सीमाबारे जानकार ऋषिराज लम्सालीले भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो ।

ब्रह्मदेवसहित दोधारा–चानदीको सट्टाभर्नाबापतको जग्गा भारतले बर्दियामा दिएको भनेपनि टनकपुरमा पाउनुपर्ने १४÷६७ हेक्टर जमिन फिर्ता नदिएको बताए । नेपालले पनि बैधानिक हिसावले त्यो जग्गा फिर्ता लिन सकेको छैन ।

सरकारले ताकेता नगरेसम्म जग्गा फिर्ता गर्न भारत तयार नहुने उनको भनाई छ । कञ्चनपुरको ब्रह्मदेवमा नेपालको २/९ हेक्टर जमिनमा भारतको टनकपुर जलविद्युत आयोजनाको जलाशय रहेको बताइएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्