अब नाकामै प्रयोगशाला, प्रभावकारी होला त विषादी परीक्षण ?


 



काठमाडौं,कात्तिक २४
सरकारले अब मुख्य भन्सार नाकामै प्रयोगशाला राख्ने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषदी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो । कारोबारमा खबर छ ।

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरिएको विभागले जनाएको छ । जसमा बीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायतका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्