नेता खनालले दिए सीमा विवाद टुंग्याउने ‘आइडिया’, भने– ‘बेला यही हो’


 



काठमाडौं, कात्तिक २५
नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले मिचेको जमिन नेपालको हो भन्ने बलिया प्रमाण नेपालसंग रहेको बताएका छन् । उनले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सीमाना भएको बताए । गोरखापत्रमा खबर छ ।

सुगौली सन्धीले काली नदीलाई स्पष्ट रुपम सीमना किटान गरेको चर्चा गर्देै उनले लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे ।
उनले अब नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलबायू विज्ञान) अध्ययनमार्फत पनि किनारा लगाउने सकिने बताए । उनले कालापानी समस्या समाधानका लागि सरकारले पहिलो चरणमा ‘पोजिसन पेपर’ तयार पार्नुपर्ने बताए ।

छिमेकी देशहरुसंग सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै नेता खनालले सीमानालाई अन्तर्राष्ट्रिय अभिसन्धी र कानूअनुसार बनाइनुपर्नेमा जोड दिए । दशगजा भनेको ‘नो मेन्सल्यान्ड’ भएको भन्दै उने यसकोे दुरुपयोग कसैले गर्न नपाउने बताए ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्