चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी, आज बैठक बस्दै


 



काठमाडौं, कात्तिक २५
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । यस विषयमा आइतबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । कान्तिपुरमा खबर छ ।

सकेसम्म चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने सम्भावना रहेको बताइएको छ । आज पनि यसै विषयमा कुरा गर्न पार्टी सचिवालयको बैठक आव्हान गरिएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्