कालापानीमा मात्रै भारतीय फौजका आठ क्याम्प, यस्तो छ नेपालको दुर्गती


 



काठमाडौं, कात्तिक २५
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमै भारतले आठ क्याम्प राखेको छ । नेपाली भूमि कालापानीमा मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । नयाँ पत्रिकामा खबर छ ।

तर, कालापानी भन्दा तल टिंकरको छयालेकमा मात्रै नेपाल प्रहरीको सानो चौकी मात्रै छ । त्यो पनि जाडोका कारण त्यहाँका प्रहरी छङरु झरिसकेका छन् । अझ जाडे बढेपछि त्यहाँ भन्दा तल दुम्लिङ झर्ने गर्छन् ।

जबकी अहिले नेपालमा सीमा हेर्न जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ । यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति न्यून छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्