महाकाली सन्धी नै महाघात, यसरी गरिएको छ नेपाललाई अपमान


 


काठमाडौं, कात्तिक २६
महाकाली सन्धी प्रस्तावनामै ‘महाकाली साझा हो, पानी आधा–आधा हो । तर नेपालले केही पानी पाउने भनेर उल्लेख गरिएको छ । यसरी अपमानपूर्वक शारदा सम्झौतामा गरिएको सर्तलाई महाकाली सन्धीले प्रूस्तावनामै दोहोर्याएको छ । यसले भारतका लागि पानीको कुनै सीा नतोकेर अथाह पानी लिन सक्ने प्रबन्ध गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

भारतले अहिले हिउँद्यासमत १० हजार क्यूसेक पानी लिन नेपालले एक सय ५० क्यूसेक मात्रै पानी पाइरहेको छ । २०५२ माघ २९ गते भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर र शारदा व्यारेजबाट सिँचाइका लागि हिउँदमा आठ सय र वर्षायाममा दुई हजार तीन सय ५० क्यूसेक पानी पाउनुपर्ने हो ।

तर, अहिले शारदा व्यारेजबाट मुस्किलले हिउँदम एक सय ५० र वर्षायाममा ६ सय ५० क्यूसेक पानी मात्रै पाइरहेको अवस्था छ । यो हेर्दा नेपालले आधाको आधा पानी पाउन पनि मुस्किल छ । वर्षायाामा बाढी आएको बेला आफ्नोतिरका ढोका बन्द नेपाललमा खोलिदिने गरेका कारण नेपाली भूभाग डुबानमा पनि पर्दै आएको छ । जसले गर्दा वर्षेनि भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्