सरकारको लाचारीपनकोे परिणाम : राज्यविहीन बन्यो यो क्षेत्र


 



काठमाडौं, कात्तिक २६
दार्र्चुला जिल्लाको सीमा क्षेत्रमा राज्यको उपस्थिति हुन नसक्दा राज्यविहीनताको स्थितिमा पुगेको छ । जहाँ राष्ट्रियता खतरामा छ, त्यही क्षेत्रमा राज्यको उपस्थिति नहुनु दुर्भाग्यपूर्ण हो । नागरिकमा खबर छ ।

राज्यका निकायकै अनुपस्थिति नहुँदा देशले आफ्नो भूभाग गुमाउन पुगिरहेको छ । राजनीतिक रुपमा राज्य हुन चार आधारभूत तत्व भूगोल, जनसंख्या, सरकार र सम्पु्रभूता आवश्यक पर्छ तर दार्चुलाको व्याँस क्षेत्रको हकमा परिस्थिति फरक छ । यहाँ भूगोल र जनसंख्या भएपनि सरकार र सम्प्रभुतमा भने प्रश्न चिन्ह छ । व्याँस १ मा सरकारको उपस्थिति नै नभएकाले सम्प्रभुतामासमेत खलल पुगेको छ ।

नेपालको खास नक्सा भर्खरै मात्रै मिडियामार्फत सार्वजनिक भएको छ । तीन वर्षअघि नापी विभागले तयार पारेको नक्सा सरकारले भने गोप्य राखेको छ । नापी विभागले ‘नेपालको खास नक्सा’ शीर्षक राखेर न तीन वर्षअघि यो नक्सा तयार पारेको थियो । जुन अहिलेसम्म सार्वजनिक नगरेर थन्क्याइएको छ । नेपालको पश्चिमी नाका लिप्यिाधुरा ३३५ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

कालापानी र लिपुलेकको क्षेत्रफल ६२ बर्ग किलोमिटर छ । लिम्पियाधुरामा तीनवटा गाउँ छन् । जुन कुटी, नावी र जुन्जी हुन् । जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन् । सरकारकै लाचारीपनले गर्दा यो क्षेत्र राज्यविहीनताको स्थितिमा पुगेको हो । बरु उल्टै भारतले आफ्नो भूमि भन्दै कब्जा जमाएर नेपालमाथि धावा बोलिरहेको छ ।

नेपालले वास्तविक नक्सा गोप्य राखेकै कारण अहिले देखाइएको नक्सामा भएको नेपाली भूमि पनि भारतले कब्जा गरिरहेको छ । यसले राष्ट्रियतामाथि नै गम्भीर आँच आएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्