त्रिवि परिसरमा हुन्छ यौन दुर्व्यवहार, ‘केटी देख्ने वित्तिकै हस्तमैथुन गर्छन्’



काठमाडौं, कात्तिक २८
त्रिभुनव विश्वविद्यालय परिसर कीर्तिपुरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेका छन् । विश्व विद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ । त्रिवि परसरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरुले प्रहरीमा उजुरी दिएका हुन् ।

विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ ।

‘केटी देख्ने वित्तिकै जिस्काउने र हस्तमैथुन गर्ने जस्ता क्रियाकलाप युवा समूहरुले गर्न थालेपछि उजुरी दिन बाध्य भएका हौं,’ एक छात्राले भनिन्, ‘केही छात्राहरु दुर्व्यवहारमा समेत परिसकेका छन् । उनले यसमा बेलैमा सचेत हुनुपर्ने बताइन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News