भारतले मिचेको सीमा विवादको विषय १४ वर्षअघि नै राष्ट्रसंघमा प्रवेश भएको खुलासा


 



काठमाडौं, कात्तिक २९
लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि प्रवेश पाएको खुलासा भएको छ । नापी विभागका तत्कालिन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औ कार्टोग्राफिक सम्मेलन, एसिया–प्यासिफिकमा राखेको जानकारी दिएका हुन् ।

सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा भएको थियो । नेपाल सरकारको प्रतिनिधित्व गरि आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विावदालाई प्रवेश गराएको उनले बताए ।

उनले लिम्पियाधुरालाई विवादास्पद र लिपुले र कालापानीलाई अतिक्रमित क्षेत्र भनेका थिए । तत्कालिन प्रमाणका आधारमा आफूले लिम्पियाधुरा क्षेत्रलाई विवादास्पद क्षेत्र राख्न प्रस्ताव गरेको उनको भनाई छ । लिम्पियाधुरालाई विवादास्पद शब्द राख्नु आफ्नो गल्ती भएको उनी स्वीकार गर्छन् ।

त्यो प्रस्ताव पुनरवलोकन गरि लिम्पियाधुरा, लिपुलेक र कालापानी सबैलाई अतिक्रमित क्षेत्रका रुपमै राख्नुपर्ने उनको भनाई छ । उनले भने, ‘अहिले तथ्य र प्रमाणले सबै क्षेत्र अतिक्रमित भएको देखाउँछ ।’ उनले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहज नभएको बताउँछन् । अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्